National Institute for Competitive Exam( NICE) को स्थापना २०७८ वैशाख १ गते लोक सेवा आयोग, बैकिङ्ग, शिक्षक सेवा र सुरक्षा निकाय लगायतका सम्पूर्ण प्रतिस्प्रर्धात्मक परीक्षाको परम्परागत तयारी शैलीको सट्टा फरक शैली, सोच र तरिका सहित सम्पूर्ण सुविधाहरु आफ्नै App बाट दिने गरी भौतिक र अनलाईन कक्षा Nepali and English Medium मा संचालन गर्ने गरी स्थापना भएको शैक्षिक संस्था हो ।
Beginners लाई Comprehensive Preparation Class, Intermediate लाई Whole day interactive class र परीक्षाको अन्तिम तयारीमा रहेकालाई Questions-Answers based exam oriented commando class सहितका परीक्षामुखी योजना सहित यो संस्था अगाडि बढिरहेको छ । काठमाडौँको मुटु बागबजारमा अवस्थित NICE भवन यस संस्थाको आफ्नै भवन हो जुन पुतलीसडकबाट शंकरदेव क्याम्पस हुदै शहिद शुक्र माध्यमिक विद्यालयबाट १५ मिटर अगाडि, बागबजारबाट NCC बैङ्कको Opposite गल्लिबाट ५० मिटर अगाडी र पुरानो बसपार्कबाट २०० मिटर अगाडि रहेको छ जुन ५ मिनेटको Walking Distance हो ।
परीक्षामुखी तयारी नै हाम्रो अभिप्राय भएको हुँदा प्रत्येक कक्षाकोठामा सुविधासम्पन्न झोला समेत राख्ने मिल्ले खालका फर्निचर, Air conditioner, Sound System and Multimedia Power Point, पर्याप्त पार्किङ एवम् अनलाईन क्लासका लागि Smart Interactive Board लगायतका आवश्यक सामाग्रीको उचित प्रबन्ध गरिएको छ । NICE परीक्षाको सारथी भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै सफा र शान्त वातावरणमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षक र सम्बन्धित सेवाका प्रथम स्थान हासिल गर्न सफल भएका प्रशिक्षकबाट क्लास लिने प्रबन्ध मिलाइएको छ ।

0 Comments